
नेपालगञ्ज । नेपालगञ्जमा मिस्टर नेपालगञ्ज-२०२२ हुने भएको छ । ओन क्रेयसन नेपालगञ्जले जय सम्भु फर्निचर एण्ड होम डेकोरको सहकार्यमा मिस्टर नेपालगञ्ज-२०२२ प्रतियोगिता संचालन गर्न लागेको हो ।
मिस्टर नेपालगञ्ज-२०२२ प्रतियोगिता संचालन हुन लागेको बिहिबार नेपालगञ्जमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । २०१९ देखि शुरु भएको मिस्टर नेपालगञ्जको तेस्रो संस्करण यही भाद्र १६ देखि सिजन ३ को आवेदन खुल्ला गरिएको आयोजक ओन क्रेयसनकी प्रमुख प्रेमा वलीले जानकारी दिनुभयो ।
प्रतियोगितालाई सफल बनाउन कलेज, बिद्याललय तथा बिश्वबिद्यालय लगायतका स्थानमा अडिसनमा सहभागि छनौटका लागि उत्प्रेरनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ बर्षदेखि २६ बर्ष समुहका अबिभाहित पुरुषहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको प्रथम अडिसन असोज २३ बाट मेरो प्लानेट नेपालगञ्जमा हुनेछ ।
फाइनल बिजेताले रु ३५ हजार बराबरको गिफट ह्याम्पर पाउनुका साथै नेशनल इभेन्टमा मिस्टर सुपरनेशनल नेपालमा भाग लिन समेत पाउने प्रतियोगिता व्यवस्थापक पुजा वलीले बताउनुभयो ।
प्रतियोगितालाई सफल तथा लक्षित वर्गसम्म पुर्याउन कोहलपुर ग्यालरी र नेपालगञ्ज ग्यालरी सोसल मिडिया पाटनर रहेका छ्न ।





