उच्च अदालत सुर्खेतका रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदातलमा मुद्दा दायर गरेको हो ।

उनले नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उनले बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन थालेको थियो ।

Previous articleफेरि बढ्यो डिजेल र मट्टितेलको मूल्य
Next articleअस्तव्यस्त नेपालगञ्ज, जेब्रा क्रसिंगको महत्व कसले बुझाउने !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here