अस्तव्यस्त नेपालगञ्ज, जेब्रा क्रसिंगको महत्व कसले बुझाउने !

नेपालगञ्ज । पश्चिम नेपालको ठुलो तथा पुरानो शहरसंगै नेपालगञ्ज सपनाको शहर, परिश्रमको शहर पनि हो । यो शहरमा देशभरिका मानिसहरुको बसोबास रहेको पाईन्छ । व्यवसायका लागि होस, चाहे अध्ययनका लागि होस र आफ्नो जीवन निर्वाहका लागि नै भएपनि यहाँ देशको बिभिन्न जिल्लाका मानिसहरुको बसोबास छ ।

यति ठुलो शहरलाई पछिल्लो समय व्यवस्थित बनाउने बिभिन्न योजनाहरु अघि बढे र बढि रहेका छन् पनि, तर ठुला ठुला योजना बनिरहँदा मानिसलाई मुत्युसंग बचाउने ससानो कुरालाई कसैले ध्यान नदिएको भने देखिन्छ ।

बल्ल तल्ल बाटो बनेको नेपालगञ्जका बिभिन्न अति व्यस्त रहने चोकहरुमा जेब्रा क्रसिंग बनाइए । मानिसहरुलाई बाटो काट्न सजिलो होस, जसका कारण दुर्घटना नहोस भनेर, तर सो कुराको चेतना अभाव कायम रहेको देखिन्छ । चेतना फैलाउन सम्बन्धित निकायले बेवास्ता गरेको छ ।

निर्माण मात्रै गरेर ठुलो कुरा हुँदैन, त्यसको प्रयोगबारे जानकारी दिएपछि मात्रै निर्माणको औचित्य देखिन्छ, तर नेपालगञ्जमा बनाइएका जेब्रा क्रसिंंगको सही प्रयोग भएको पाइदैन ।

जेब्रा क्रसिंग भएर बाटो कटे दुर्घटना हुँदैन भन्ने कुरा कतिपय सर्वसाधारणले बुझेपनि सवारी साधान चालकहरुले यसबारे बुझेका छैन्न । सर्वसाधारणले जेब्रा क्रसिंगको प्रयोग गरेपनि सवारी साधानको गति भने कम नहुने गरेको नेपालगञ्जका बिभिन्न चोकहरुमा प्रष्टै देख्न सक्छौं ।

जब म बाटोमा हिडेको हुन्छ, मेरो आँखा त्यही जेब्रा क्रसिंगमै पुगेको हुन्छ र त्यतिबेला त्यहाँको अवस्था अस्त व्यस्त नै हुन्छ । जबकी जेब्रा क्रसिंग टाढैबाट देखिन्छ तर पनि त्यहाँ पुग्ने सवारी साधानको गति भने कम हुँदैन् ।

त्यसकारण पैदल यात्रुले मात्रै नभएर जेब्रा क्रसिंगको महत्व तमाम सवारी चालकलाई दिनुपर्ने आवश्यकता देख्छु । जबसम्म सवारी चालकलाई यसबारे जानकार वा सचेत बनाउन सकिंदैन तबसम्म दुर्घटना न्युनिकरण हुने भन्ने कुरातर्फ पनि सम्बन्धित निकायले ध्यान दिन आग्रह गर्न चाहन्छु ।

Previous articleउच्च अदालत सुर्खेतका रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा
Next articleभारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here