स्वास्थ्य सेवालाई किशोर-किशोरीमैत्री बनाउन स्वास्थ्यकर्मीलाई तालिम

नेपालगञ्ज । स्वास्थ्यकर्मी तथा नर्सिङ्ग कर्मचारीहरुका लागि नेपालगञ्जमा संचालन गरिएको किशोर-किशोरी तथा प्रजनन स्वास्थ्य सम्बन्धि पाँच दिने तालिम आइतबार सकिएको छ ।

बर्दियाका बिभिन्न पालिकाहरुमा रहेका स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको सेवालाई किशोर-किशोरीमैत्री बनाउन स्वास्थ्यकर्मी तथा नर्सिङ्ग कर्मचारीहरुका लागि नेपालगञ्जमा उक्त तालिम संचालन गरिएको थियो ।

प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको सहयोगमा स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशले बर्दियाका चार पालिकाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सिङ्ग कर्मचारीहरुको सो तालिममार्फत क्षमता अभिबृद्धि गरेको हो ।

नेपालगञ्जस्थित भेरी अस्पतालको तालिम केन्द्रमा संचालन गरिएको तालिममा स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवालाई किशोर किशोरीमैत्री बनाउन स्वास्थ्यकर्मीको भूमिका बिशेष हुने कुरामा जोड समेत दिइएको छ ।समापन कार्यक्रममा बोल्दै गेरुवाका अध्यक्ष कृष्ण जंग शाहले तालिम आफैमा नयाँ कुरा नभई तालिम लिएका व्यक्तिको व्यवहार तथा जिम्मेवारी निर्वाहमा आउने सकारात्मक परिवर्तनले तालिमको महत्व दर्शाउने बताउनुभयो ।

मानिसले तालिम धेरै पटक र धेरे प्रकारको लिने गरेको भएपनि तालिमपछि व्यक्तिमा आएको परिवर्तन र कार्यान्वयनको अवस्थाले तालिमबाट प्राप्त क्षमता मापन गर्न सकिने अध्यक्ष शाहले धारणा राख्नुभयो ।

तालिमलाई भेरी अस्पतालका डा.संकेत रिसाल, नसिंङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, नसिंङ्ग अधिकृत शिला शर्मा, बरिष्ठ अस्पताल नसिंङ्ग शारदा कुमारी चौधरी, अस्पताल नसिंङ्ग निरिक्षक भारता शर्मा र बसुन्धरा ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।

गेरुवाद्धारा बर्दियामा संचालित किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना अन्तर्गत सो तालिम प्रदेशको नेतृत्वमा संचालन गरिएको गेरवाका परियोजना संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।

Previous articleबैजनाथका प्रमुख प्रशासकीय अधिकृत ऐडीको सरुवा
Next articleनेपालगञ्जमा डेंगी भेटिएपछि लार्भा नष्ट गरिदैं

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here