
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीको सरुवा भएको छ । सरुवा भएका ऐडीको आइतबार गाउँपालिकाका जनप्रतिनिधिले बिदाई गरेका छन् ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाया, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यले संयुक्त रुपमा ऐडीको बिदाई गर्नुभएको हो ।
ऐडीले बिगत दुई बर्षदेखि बैजनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । बैजनाथबाट बिदा हुनुभएका ऐडीको बर्दियाको बढैयाताल गाउँपलिकामा सरुवा भएको हो ।
ऐडीको सरुवा भएपछि गाउँपालिकाको कार्यबाहक प्रमुख प्रशासकीय अधिकृतको जिम्मा शिक्षा शाखा प्रमुख बिश्वराज ढकालले पाउनुभएको छ ।





