देखिने गरी सुधार ल्याउन स्वास्थ्यकर्मीलाई नगर प्रमुख विष्टको आग्रह

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आम नागरबासीले बिश्वास जित्ने गरी सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै नगर प्रमुख विष्टले एकवर्षभित्रमा देखिने गरी सरकारी स्वास्थ्य संस्थाहरुमा सुधार हुनुपर्ने वताउनुभयो ।

सरकारी स्वास्थ्य संस्थाहरुको सेवा सुविधा आम नगरबासीको बिश्वास जित्ने गरी सुधार र विस्तार गर्नु पर्ने भन्दै विष्टले स्वास्थ्य र शिक्षालाई आफुले प्राथमिकता दिएको वताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनीता पौडेलले नगर क्षेत्रभित्र स्वास्थ्य सूचक सुधारमा ध्यान दिन आग्रह गर्नुभयो ।

नगर स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर थापाले गत आवको समीक्षा गर्दै राम्रो काम चालु आवमा अनुशरण गर्ने र त्रुटीहरु सुधार गरेर अघि बढ्न समीा गोष्ठी फलदायी हुने वताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत २३ वटा स्वास्थ्य संस्था रहेका छन् । गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत समेत गरिने भएको छ ।

Previous articleनेपालगञ्जमा डेंगी भेटिएपछि लार्भा नष्ट गरिदैं
Next articleजिल्ला प्रहरी कार्यालय बाँके सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here