जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित

नेपालगञ्ज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको छ ।

मन्त्रालयले सोमबार मानव बेचविखन तथा ओसार पसारविरुद्धको १६ औं राष्ट्रिय दिवस-२०७९ को अवसरमा मानव बेचविखन तथा ओसार पसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित–प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्याएको भन्दै जिप्रका बाँकेलाई सम्मान गरेको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई सम्मान प्रदान गर्नुभएको थियो ।

Previous articleदेखिने गरी सुधार ल्याउन स्वास्थ्यकर्मीलाई नगर प्रमुख विष्टको आग्रह
Next articleनेपालगञ्ज ४ का वडा अध्यक्ष पुनद्धारा सय दिनको उपलब्धी सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here