
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले आफु निर्वाचित भएको एक सय दिनको उपलब्धी सार्बजनिक गर्नुभएको छ ।
एक सय दिनको अवधिमा रहेका रचनात्मक कामलाई उहाँले बुँदागत रुपमा सार्वजनिक गर्नुभएको हो । जस अनुसार शिक्षा, स्वास्थ्य, वृक्षारोपन, सरसफाई आदि रहेको छ ।
वडाअध्यक्ष पुनले आफ्नो नेतृत्वमा नेपालगञ्ज ४ मा रहेको दुई वटा सामुदायिक बिद्यालय (नेपालगञ्ज कन्या मावि), अनाथालय गौसिया माध्यामिक बिद्यालयमा पाँच दिने बिद्यार्थी भर्ना विशेष अभियान सञ्चालन गरिएको, नेपालगञ्ज कन्या माविमा यस वर्षदेखी कक्षा ११ (कर्मस र शिक्षा) संकायको पढाई शुरु गरिनुका साथै सिलाई कटाई प्रशिक्षकको ब्यवस्था शुरुरु गरिएको बताउनुभयो ।
वडाअध्यक्ष पुनले वडा नम्बर ४ कार्यालयको आयोजनामा ब्लड प्रेसर, सुगर र मुटु रोगीहरुको लागि बसपार्क क्षेत्रमा निःशुल्क औषधी सहितको एक दिने सचेतना मुलक कार्यक्रम लगायत १६ बुँदे उपलब्धी सार्वंजनिक गर्नुभएको हो ।





