प्रमोद डिजी र अन्नु चौधरीको “पहिली बार हुईल मुलाकात” सार्वजनिक

नेपालगञ्ज । थारु भाषामा रहेको “पहिली बार हुईल मुलाकात” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो गीत आरकेसी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । पछिल्लो समय थारु भाषाका गीतहरुले आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन ।

सुन्दा मिठो लाग्ने र दर्शक र स्रोताहरुको सजिलै मन जित्न सक्ने भएका छन थारु भाषाका गीतहरु । त्यसै क्रममा बाँकेका बिभिन्न स्थानमा छायाकंन गरिएको उक्त गीत सार्बजनिक भईरहदा दर्शक तथा स्रोताहरुको मन जित्न सफल हुनेमा बिस्वस्थ रहेको निर्माणको भनाई छ ।

गीतमा उमेश मुस्कानको शब्द संगित र संगित संयोजन केशब बडुको रहेको छ भने आवाज प्रमोद डिजी र अन्नु चौधरीको रहेको छ ।

साथै मोफसलमा रहेर केन्द्रसँग जोडिएर कार्य गर्दे आएका निर्देशक नवराज शुबेदीको निर्देशन रहेको यस गीतमा तिलक चदारा र रितु चौधरीको अभिनय रहेको छ ।

साथमा भरत शाहीले कोरियोग्राफीमा साथ दिएका छन । गीतमा आरकेसी डिजिटलका निर्देशक रामु चोधरीको छायाकंन तथा सम्पादन रहेको छ ।

लक्ष्मी चौधरीको मेकअप र बिदुसा डान्स कम्पनीको पनि सहकार्य देख्न सकिन्छ गितमा । पछिल्लो समय गैर थारु भएर पनि आफ्नो थारु भाषाका गीतहरुमा धेरै चाँसो बढेको बताउने निर्देशक सुबेदीको यो थारु भाषाको पाचौं गीत हो ।

सबैको माया पाए मात्र हौसला मिल्ने भन्दै गीतलाई सबैले माया गरिदिनहुन निर्देशक शुबेदी आग्रह गर्नुभएको छ ।

Previous articleआजदेखि कर्मचारीको नियुक्ति, सरूवा, बढुवा गर्न नपाउने
Next article१६ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवस : नाकामा सचेतनामूलक अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here