खजुराका ५० दरूण युवाद्वारा रक्तदान

बाँके । तरुण दल खजुरा गाउँपालिकाले शनिबार रक्तदान र पार्टी प्रबेश कार्यक्रम गरेकाे छ ।

पुर्व संबिधान सभा सदस्य बादशाह कुर्मी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मो नकि खाँ, महासमिति सदस्य लक्षमी नारायण शाहको उपस्तिथिमा शनिबार रक्तदान तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

कार्यक्रमलाई पुर्व सांसद कुर्मीले नेपाल रेडक्रस सोसाईटीका स्वास्थ्यकर्मीलाई ब्लड ब्याग दिएर उद्द्घाटन गर्नु भएको थियो ।

साे क्रममा क्षेत्रीय सभापति खाँ र शाहले खादा ओढाएर युवाहरुलाई काङ्ग्रेसको सद्स्यता प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेता खाँले खजुरा गाउँपालिकामा काङ्ग्रेस कम्जोर नभई काङ्ग्रेसीहरूकै बिरोधका कारण कार्यकर्ता निरास भएकाे बताउनुभयो ।

अगामी दिनमा काङ्ग्रेसी कार्यकर्ताहरुलाई समेटेर सल्लाह सुझावलाई मध्यनजर गर्दै काङ्ग्रेस अगाडी बढने बताउनुभयो ।

सङ्गठनलाई बलियो बनाउने र युवाहरुलाई जुटाउने, एकता बढाउने कार्य खजुरा गाउँपालिकास्तरीय तरुण दलले गरेकोमा धन्यवाद ब्यक्त गर्दै सांसद कुर्मीले गाउँपालिकामा भईरहेकाे भ्रष्टाचार अनियमितता बिरुद्व अझ शसक्त भएर लाग्न युवाहरूलाई अाग्रह गर्नुभयो ।

तरुणदल खजुराका अध्यक्ष कोमल सिंह ठकुरीले तरुण एकता र भ्रष्टाचार बिरुद्व सधै एक भएर लाग्ने बताउनुभयो ।

कार्यक्रममा ५० जना युवाले रक्तदान गरेका छन भने नेकपा र राप्रपाका १५० युवा प्रवेश गरेकाे खजुरा तरण दलका नेता अस्लम भाटले जानकारी दिनुभयो ।

Previous articleक्याम्पसकाे क्वारेन्टिन सर्याे !
Next articleनरैनापुरमा आईतवार सार्वजनिक बिदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here