प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय गुप्ताको योगदानबारे चर्चा

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी, नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को आज ९४ औं जन्मजयन्ती ।

जन्मजयन्तीका अवसरमा स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गर्दै योगदानबारे चर्चा गरिएको छ । नेपाल प्रेस युनियन बाँकेको कार्यालय नेपालगन्जमा सोमबार (आज) बिहान स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गरिएको हो ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईं, पुर्बमेयर एवम पन्नालाल गुप्ता स्मृति प्रतिस्ठानका अध्यक्ष विजय गुप्ता, प्रेस युनियन बाँकेका पुर्बअध्यक्ष तथा सल्लाहकार नरेन्द्र थापा, पत्रकार महासंघका प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, पुर्बअध्यक्ष निरज गौतम, वरिष्ठ पत्रकार विजय वर्मा लगायतले स्वर्गिय गुप्ताले पत्रकारिता क्षेत्रमा मात्र नभएर लोकतन्त्र प्राप्ति र समाजमा पनि उत्तिकै योगदान दिएको बताउनुभयाे ।

गुप्ताको योगदानको कदर स्वरुप जीवन कालमा मान/सम्माान दिइएको र अहिले भौतिक शरीर नरहेपनि उनको सादगी जीवन शैली, निस्ठा, लोकतन्त्रप्रतिको चट्टानी अडान अहिले पनि सान्दर्भिक रगेको बताउनुभयाे ।

सो क्रममा स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गर्दै एक मिनेट मौन धारण गरिएको थियो । उक्त कार्यक्रम संचालन सचिव विजय मल्लले गर्नुभयाे । जन्मजयन्तीका अवसरमा पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानले सोमबार (आज) दिउँसो कार्यक्रम गर्दैछ । प्रतिस्ठानले आइतबार मानव सेवा आश्रममा रहेका असहायलाई खाना खुवाएको थियो ।

यस्तै प्रतिस्ठानको आयोजना र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रा.लि. नेपालगन्जको सह-आयोजनामा शनिबार बाँकेका ४७ जना पत्रकारको मृगौला परिक्षण गरिएको थियो । नेपाल पत्रकार महासंघ बाँकेका पुर्बअध्यक्ष समेत रहेका गुप्ताको २०७६ माघ १५ गते निधन भएको थियो ।

Previous articleनेपालगञ्ज वडा नं-४ मा लार्भा नष्ट अभियान
Next article‘चाचाको सादगी जीवन शैली, त्याग र निष्ठा नयाँ पुस्ताका लागि अनुकरणीय’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here