नागरिकले लोकतन्त्रको अनुभुति गर्न पाएन्न् : बुद्धिजिवी

नेपालगञ्ज । नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको एक कार्यक्रममा बताइएको छ ।

जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण संविधानको कार्यन्वयनमा चुनौती उत्पन्न भएको सहभागिहरुले बताएका थिए ।

एफ इ एस नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले आज गरेको “बदलिंदो परिस्थतीमा लोकतन्त्र र नागरिक शिक्षा विषयक” अन्तरक्रियाका सहभागिहरुले लोकतन्त्र र संघिय पुर्नसंरचनापछि नागरिकका सबै अधिकार सुनिश्चित हुनुपर्नेमा त्यसो नभएको चिन्ता व्यक्त गरिएको थियो ।

कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले तीन वटै सरकारको गुणस्तरिय, सेवा, पारदर्शिता, र विद्यामान कानूनको कार्यन्वयन गरि नागरिकलाई सामान रुपमा सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए ।

राष्टिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको संघियतामा सुशासन आर्थिक आयमका बारे प्रस्तुतीकरण गर्दै नेपालको नयाँ संघियता कार्यन्वयनतर्फ अघि बढेको भन्दै अझै तीन वटै सरकारका काम कारवाही प्रक्रियाबारे समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक संकट तथा बेरोजगारीको अन्त्य गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने भन्दै नागरिकका सम्पुर्ण अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

प्राध्यापक गणेशदत्त भटले आसन्न निर्वाचन, नेपालमा लोकतन्त्र र यसका समस्या चुनौतीबारे प्रस्तुतीकरण गर्दै पछिल्लो अवस्थामा मुलुकमा नया परिवर्तनसंगै सकारात्मक दिशातर्फ उन्मुख भएका बताउनुभयो ।उहाँले देशमा कानून, ऐन लगायत सबै सफ्टवेयर संरचना व्यवस्थित रुपमा रहेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भएको भन्दै भएको सो सफ्टवेयर हार्डवेयर अभ्यासमा लग्नुपर्नेमा जोड दिनुभयो । महिला विकास अधिकृत मञ्जु पाण्डेले सामाजिक न्यायका बारेमा आफनो प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपालगञ्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, बुद्धिजिवी तथा नागरिक अगुवा नरेन्द्रजंग पिटर, सनत रेग्मी, हेमन्त कर्माचार्य, कृष्णजंग कार्की, रामकुमार दिक्षित, रामगोपाल कुर्मी, विजय गप्ता, गुरुप्रसाद गौतम, अर्जुन पोख्रेल, रुद्रप्रसाद तिम्लिसेना, लक्ष्मी ज्ञवाली, झलक गैरे, शाहिदा शाह, बसन्त गौतम, डा.विनोद कर्ण, आरिफ अन्सारी, कृष्ण प्रसाद श्रेष्ठ लगायतले प्रस्तुत विषयमाथी आ आफना जिज्ञासा तथा विचार राख्नुभएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख लालमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एफ इ एसका चन्द्रदेव भट्ट र अधिबक्ता पार्वती राउतले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष विश्वजित तिवारीले सहजीकरण गर्नुभएको थियो ।

Previous articleनेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत
Next articleगाउँ-गाउँमा आयुर्वेद स्वास्थ्य उपचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here