खजुरामा स्टिम एजुकेशन तालिम शुरु

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा स्टिम एजुकेशन सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । शैक्षिक क्षेत्रलाई नमूना बनाउने उद्देश्य लिएको पालिकाले मंगलबारदेखि खजुरामा स्टिम एजुकेशन सम्बन्धि तीन दिने तालिम संचालन भएको हो ।

तालिमको उद्घाटन शत्रमा बोल्दै खजुराकी सामाजिक बिकास संयोजक कृष्णा पोखरेल बिकले शैक्षिक क्षेत्रलाई नमूना बनाउन सबैलाई लाग्न अनुरोध गर्नुभयो । उहाँले यहाँ केही बिद्यालयले आफुलाई नमूनाका रुपमा प्रस्तुत गरेको भन्दै सबै बिद्यालयलाई नमूना बनाउन आग्रह गर्नुभएको हो ।

नमूना भएका बिद्यालय अपनाएका तौरतरिका, प्रक्रिया अन्य बिद्यालयले कार्यान्वयनमा ल्याएर पालिकालाई शैक्षिक नमूना बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले नेपालमा सबै कुरा राम्रो रहेको भएपनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । शैक्षिक क्षेत्रका जिम्मेवार व्यक्ति नै परिवर्तन हुन नचाहेको अवस्था देखिएको बताउनुभयो ।पालिकाको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको छ ।

स्याक नेपालका कार्यबाहक अध्यक्ष कृष्ण गिरीले संस्थाले स्थानीयतह शिक्षा क्षेत्रमा गर्ने कार्यमा आफुहरु सहयोगी भएको बताउनुभयो । उहाँले खजुराका बिभिन्न बिद्यालयमा आवश्यकता अनुसारको क्षमता अभिबृद्धि गर्ने कुराहरुमा पनि निरन्तर सहयोग गरिएको बताउनुभयो ।

२०२३ मा परियोजनाले ५ वटा बिद्यालयमा सिकाई परियोजना संचालन गरेको छ । इन्टिग्रेटरुपमा रहेको पाठ्यक्रमलाई स्टिमसंग जोडी यसको कार्यान्वयनका लागि पहल पनि गरिएको छ ।

सिकाई परियोजना संचालन भएका बिद्यालयका शिक्षकहरुको सहभागितामा तालिम संचालन भएको परियोजना संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनभुयो । उहाँका अनुसार खजुराको शैक्षिक गुणस्तरका लागि निरन्तर कार्यक्रमहरु संचालन गरिएको छ ।

तालिमलाई काठमाण्डौ बिश्वबिद्यालयका प्रोफेसर इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्नुभएको छ । ८ वटा बिद्यालयका २४ जनाको सहभागिता रहेको छ ।

Previous articleकण्ठिपुर बिद्यालयमा नवनिर्मित भवनको उद्घाटन
Next articleराप्रपामा एकताको भावना हुन आवशयक: महामन्त्री डा.राणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here