
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.-१९ कण्ठिपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित बिद्यालय भवन उद्घाटन गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्मित विद्यालयको चार कोठे पक्की भवनको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले उद्घाटन गर्नुभएको हो ।
मन्त्री गहतराजले आफुले जिल्लामा टिनका पाता हटाउने अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा झण्डै ५ हजार बिधार्थीलाई पक्की छानामा ल्याइएको उल्लेख गर्नुभयो ।
बिद्यालय ब्यास्थापन समितिको अध्यक्षमा मन्सूर खाँ आएदेखि बिद्यालयको बृहत्तर बिकास भएको प्रधान अध्यापक शंकर चन्दले बताउनुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथि नेपालगन्ज वडा नं.-१९ का वडाध्यक्ष प्रशुराम बर्मा, विद्यालयका संस्थापक अध्यक्ष बल बहादुर वली, वडा सदस्य राम सुहावन कुर्मी, अमृता सिंह, सुनिता कोरी, विद्यालय व्यवस्थापन समिति सदस्य हिरालाल वि.क., अफसर जहाँ साई, सृजना बस्नेत, रुपा पुन शिक्षक, शिक्षिका र स्थानीयको सहभागिता रहेको थियो ।






