जानकीले शुरु गर्याे “छाेरी जीवन बीमा कार्यक्रम”

मानपुर । बाँकेको जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरिएको जनाएको छ ।

जानकीका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले कार्यपालिकाको बैठकबाट पास भएको कार्यबिधि अनुसार ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरिएको जानकारी दिनुभयो ।

छोरी जीवन बीमा कार्यक्रमका लागि २०७९ भादौ २४ गते बसेको बसेको गाउँ कार्यालिका बैठकले “जानकी गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” कार्यान्वयन कार्यबिधि २०७९ स्वीकृत गरेको छ । गत असार ३१ गते भएको पालिकाको १२ औं गाउँसभाबाट “गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” पारित गरिएको हो ।

यस कार्यक्रममार्फत पालिकाका सम्पूर्ण वडामा २०७९ साउन १ यता जन्मिएका छोरीहरुलाई यो सेवा प्रदान गरिनेछ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई गाउँपालिकाको तर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बिमाको प्रिमियम पर्नेगरी हुन आउने बिमाङ्क रकम बराबरको जीवन बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताउनुभयो ।

‘छोरी जीवन बीमा कार्यक्रम’ लाई प्रभावकारी बनाउन पालिकाले सबै वडा कार्यालयलाई परिपत्र समेत गरेको छ । वडा कार्यालयलाई २०७९ साउन १ यता जन्मिएका छोरीहरुको आवश्यक कागजातसहितको सिफारिस पत्र स्वास्थ्य तथा सामाजिक बिकास शाखा अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा पठाउन भनेको छ ।

Previous articleराप्रपामा एकताको भावना हुन आवशयक: महामन्त्री डा.राणा
Next articleबागेश्वरी मन्दिर प्राङ्गणमा पुन: संरचना निमार्ण शुरू, उपमहानगर अनभिज्ञ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here