बागेश्वरी मन्दिर प्राङ्गणमा पुन: संरचना निमार्ण शुरू, उपमहानगर अनभिज्ञ

नेपालगन्ज । अदालतको आदेशपछि नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माणमा रोक लगाएको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर पूर्वको सार्वजनिक जग्गामा अनाधिकृत निर्माण सुरु गरिएको छ ।

निर्माण रोक्न विकासका लागि नागरिक समाज सरोकार समितिले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

यसका साथै नागरिक समाज सरोकार समितिले अनाधिकृत रुपमा शुरु गरिएको निमार्ण कार्यलाई तत्काल रोक्नका लागि हस्तक्षेप गर्न उपमहानगरपालिकालाई अनुरोध गरेको छ ।

समितिका तर्फबाट मंगलबार पत्रकार सम्मेलन गरी समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, नगर विकास समितिका पूर्व अध्यक्ष ललित रौनियार, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम, अधिवक्ता विश्वजित तिवारी लगायतले अनाधिकृत निर्माण रोक्न र अदालतको आदेश अनुसार बाल उद्यान सुनिश्चित गर्न जोड दिनुभयाे ।

नगर विकास समितिले छोडेको खुला क्षेत्रको जग्गामा पहिले पनि नगर पालिकाले अनाधिकृत ढंगले निर्माण कार्य बनाउन कोसिस गरेको नगर विकास समितिका पूर्व अध्यक्ष रौनियारले बताउनुभयाे ।

उहाँका अनुसार त्यति बेला पनि नगर पालिकाको उक्त कामप्रति विरोध भएको र अदालतले उक्त जग्गा बाल उद्यानको भएको हुनाले यसमा बाल उद्यान नै बनाउनु पर्छ भनेर आदेश जारी गरिएको थियो ।

सोही आदेशको अवज्ञा नेपालगञ्ज उप महानगरपालिकाका वर्तमान मेयर प्रशान्त विष्टले गरेको अध्यक्ष रौनियारले आरोप लगाउनुभयाे ।

उहाँले उक्त अनाधिकृत निमार्ण कार्य सम्पन्न गर्न लागेको भन्दै फेरीपनि अलादतको ढोका धचधच्याएको र अदालतले त्यस्ता अनाधिकृत गतिविधी तत्काल रोक्न आदेश दिएको बताउनुभयाे ।यसका साथै उहाँले नगर प्रमुख विष्टलाई सम्पर्क गरेर जवाफ माग्दा उहाँ सम्पर्कमा नआएको पनि बताउनुभयाे । तर उपमेयर कमरुद्दिन राईले भने यस विषयमा नगरको तर्फबाट कुनै पनि निर्णय नभएको बताएकाे बताउनुभयो । साथै उपमेयर राईले उक्त क्षेत्रमा बन्दै गरेको अनाधिकृत निमार्णको विषयमा पालिकालाई कुनै जानकारी नभएको बताउनुभयाे ।

यसअघि गत साउन अन्तिम साता उक्त स्थानमा चिल्ड्रेन पार्क निर्माण गर्ने भन्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभएकाे थियोे ।

करिब ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो बाल पार्कको मेयर विष्टले शिलान्यास गर्दै आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीलाई निर्माणको जिम्मा दिइएको थियो ।

करिब ५.५ कठ्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेण्ट, पार्किङ, फुटपाथ, सटरसहित बालपार्कका लागि आधारभुत काम गर्नेगरि डिपिआर अनुसार आधुनिक संरचना सहितको बाल पार्क र दुई तल्ले रेष्टुरेण्ट निर्माण गर्न लाग्दा धार्मिक आस्थाको धरोहरमाथि प्रहार भएको भन्दै चौतर्फी विरोध र आलोचना भएको थियो ।

Previous articleजानकीले शुरु गर्याे “छाेरी जीवन बीमा कार्यक्रम”
Next articleनेपालगन्ज-गुलरिया सडकखण्ड स्तरोन्नति कार्यको शिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here