सडक दुर्घटना परी एक शिक्षककाे मृत्यु

बाँकेमा दुर्घटनामा परि एक जना शिक्षकको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका १ कुसुम घर भई नेपालगन्जस्थित महाराजा मा.बि. मा कार्यरत ३३ बर्षीय शिक्षक चेवन देबकोटाको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा उहाँले चलाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठोक्किदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ३ बजे उहाँको कुसुम घर नजिक छिमेकीको बच्चालाई सर्पले डसेपछि उहाँले उद्दारका लागि नेपालगन्ज ल्याउदै गर्दा शम्शेरगन्ज सशस्त्र प्रहरी चेक पोस्टमा ट्रकसग ठोक्किएर दुर्घटना भएको हो ।

बच्चाको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चाको आमाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र चालकलाई नियन्त्रण लिएर अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याइएको छ ।

शव पाेष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याईएकाे थियाे भने अहिले परिवारले उहाँकाे शव बुझेर लानुभएकाे जनाएको छ ।

Previous articleहामीले जो देख्यौ र भौग्यौ :
Next articleबाँकेमा हजार जनालाई कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here