बाँकेमा हजार जनालाई कोरोना संक्रमण

बाँके । जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ । आइतबार बाँकेमा १० जना कोरोना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा देखिएका दशै जना पुरुष संक्रमितमध्ये एक १९ महिनाका बालक समेत छन् ।

स्वास्थ्य कार्यालयका अधिकृत एव कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुरुवाती चरणको बन्दाबन्दीमा कोरोना संक्रमितको संख्या जिल्लामा कमै थियो ।

सरकारले बन्दाबन्दी हटाएसंगै कोरोना संक्रमितको पहिचान संख्या बढ्न थालेको छ । आठ स्थानीय तह रहेका जिल्लामा सबैमा कोरोना संक्रमित भेटिएका छन् ।

Previous articleसडक दुर्घटना परी एक शिक्षककाे मृत्यु
Next articleभौतिक पूर्वाधार बिकास कार्यालय, बाँकेका इन्जिनियर घुससहित पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here