नेपाल टी-२० लिग स्थगित, २५ मंसिरदेखि गर्ने प्रस्ताव

काठमाडौं । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको नेपाल टी-२० लिग स्थगित भएको छ ।

चुनावअघि लिग सञ्चालन नगर्न नेपाल क्रिकेट संघ (क्यान ) लाई गृह मन्त्रालयले आग्रह गरेलगत्तै टी-२० लिग गभर्निङ काउन्सिलले प्रतियोगिता सन्-२०२२ को डिसेम्बरसम्मलाई स्थगित गरेको हो ।

मन्त्रालयले क्यानलाई बुधबार एक पत्र लेखेर चुनावका कारण खेलाडीहरुको सुरक्षा व्यवस्थामा कठिनाइ हुन सक्ने भन्दै चुनावपछि मात्र प्रतियोगिता गर्न भनेको थियो ।

‘नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको लागि क्रिकेट मैदान तथा खेलाडीहरुको बसोबास गर्ने होटलमा आवश्यक सुरक्षा व्यवस्थको लागि अनुरोध भइ आएकोमा आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका विभिन्न कार्यक्रमहरु हुने भएको हुँदा सो निर्वाचन पश्चात उक्त कार्यक्रमको व्यवस्थापन गर्न हुन आदेशानुसार अनुरोध छ’ मन्त्रालयका शाखा अधिकृत विष्णुहरि तिमल्सेनाले क्यानलाई लेखेको पत्रमा भनिएको छ ।

त्यसपछि टी-२० लिगको गभर्निङ काउन्सिलले एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको आग्रह अनुसार प्रतियोगिता स्थगित गरेको हो । प्रतियोगिताको नयाँ मिति डिसेम्बर ११ देखि ३१ सम्मलाई (२५ मंसिरदेखि १६ पुससम्म) प्रस्ताव गरिएको छ ।

Previous articleपेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित
Next articleनिमावि तहको लाइसेन्स नतिजा सार्वजनिक, १८ प्रतिशत पास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here