दुई दशकपछि महेन्द्र पुस्तकालयको नयाँ नेतृत्व चयन

नेपालगञ्ज । नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको अध्यक्षमा सर्वसम्मतरुपमा बलराम यादव चयन हुनुभएको छ । झण्डै दुई दशकपछि महेन्द्र पुस्तकालय कार्यसमितिमा यादवसहित ११ जनाको कार्यसमिति चयन भएको हो ।

समितिको अध्यक्ष यादवसहित उपाध्यक्षमा पंकज कुमार श्रेष्ठ, सचिवमा मणिदेव अर्याल, सहसचिवमा धनमाया लुइटेल, कोषाध्यक्षमा अजयकुमार टण्डन, महिला सदस्यमा अस्मिता शाह महतरा र सदस्यमा मिना सुवेदी ढकाल निर्विरोध निर्वाचन हुनुभएको थियो ।

चार जना सदस्यहरुमा सर्वसम्मत हुन नसकेपछि बुधबार निर्वाचन भएको थियो । चार सदस्यका लागि ९ जनाकाबीचमा निर्वाचन भएको थियो ।

निर्वाचनपछिको नजिता अनुसार सदस्यहरुमा बिज्रेश बहादुर सिंह, सुनिल भण्डारी, जमिल अहमद सिद्दिकी र वीरेन्द्र प्रसाद जैसी निर्वाचित हुनुभएको हो ।

लामो समय मेहन्द्र पुस्तकालय नेतृत्वविहीन र पुस्तकालयको अवस्था अज्ञात भएपछि विभिन्न संचार माध्यामबाट विरोध सुरु भएको थियो ।

सोपश्चात पुस्तकालयमा तदर्श समिति निर्माण गरी पुस्तकालयको अवस्थाको छानविन र निर्वाचनको जिम्मा दिइएको थियो ।

Previous articleनिमावि तहको लाइसेन्स नतिजा सार्वजनिक, १८ प्रतिशत पास
Next articleमतदान प्रक्रिया सहज बनाउन नेत्रहीन यूवाको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here