बाँकेमा निर्माणाधिन खानेपानीका अधिकांश योजनामा रकम अपुग

नेपालगञ्ज । बाँकेमा संचालित खानेपानी तथा सरसफाई योजनामा चुनौती रहेको देखिएको छ । जिल्लामा संचालित अधिकांश खानेपानीका योजनामा रकम अपुग रहेको देखिएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले जिल्लामा संचालित योजनाहरुमा रकम अपुगको अवस्था रहेको जनाएको छ । खानेपानी तथा सरसफाई सम्बन्धि बिहीबार नेपालगञ्जमा संचारकर्मीसंग भएको वार्षिक छलफलमा बोल्दै डिभिजन प्रमुख तिलक न्यौपानेले अधिकांश योजना अधुरै रहेको बताउनुभएको छ ।

बजेटको अभावका कारण यस आर्थिक बर्षमा ३३ प्रतिशत बजेट कम बिनियोजन भएको छ । चालु योजनाले पुर्णता नपाउँदै थपिने योजनाले बजेट अभाव हुने गरेको हो ।

जनताको आवश्यकता बिना नै योजनाहरु दोहो¥याउने योजना पुर्ण हुन नसक्नु नै सबैभन्दा कमजोरी रहेको प्रमुख न्यौपानेले बताउनुभयो । बाँकेमा अहिले पनि ८५ प्रतिशत नागरिकले हान्डपम्प, मोटर, धाराकै पानी प्रयोग गर्दै आएका छन् ।

डिभिजन कार्यालयका अनुसार बाँकेको खजुरामा १०, नेपालगञ्जमा १० , नरैनापुरमा ९, कोहलपुरमा ७, राप्तीसोनारीमा २० योजना, बैजनाथमा ८, डुडुवामा ५, जानकीमा ५ योजनाहरु संचालनमा रहेको छ ।

Previous article२५ सदस्यबाट शुरू भएको सहकारी नेपालकै उत्कृष्ट
Next articleबाँकेका स्थानीय तहको प्रगति ७५ प्रतिशत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here