बाँकेका स्थानीय तहको प्रगति ७५ प्रतिशत

नेपालगञ्ज । बाँकेका आठ वटै स्थानीय तह तथा जिल्ला समन्य समितिको वार्षिक समिक्षा गरिएको छ । आठ वटै स्थानीय तह तथा जिल्ला समन्वय समितिको बिहीबार समितिको कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा गरिएको हो ।

वार्षिक समिक्षा अनुसार जिल्लाका सबै पालिकाको हालसम्मको प्रगति करिब ७५ प्रतिशत मात्रै रहेको देखिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र चौधरीले शत प्रतिशत विकासको रकम खर्च हुने गरी काम गर्न निर्देशन समेत दिनुभयो । समिक्षामा ७ वटा स्थानीय तहले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, जानकी गाँउपालिका अध्यक्ष छब्बन खाँ, बैजनाथ गाँउपालिका अध्यक्ष प्रकाश बहादुर शाही, खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, नेपालगञ्जका प्रमुख प्रशसकीय अधिकृत शिव प्रसाद रिजाल, कोहलपुरका टिकाराम ढकाल, नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, खजुराका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय, जानकीका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, राप्तीसोनारीका प्रमुख प्रशासकीय अधिकृत हरि खत्री, बैजनाथका लेखा अधिकृत पूर्णप्रसाद जैसीलगायतले आ–आफ्नो पालिकाको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

Previous articleबाँकेमा निर्माणाधिन खानेपानीका अधिकांश योजनामा रकम अपुग
Next articleशिक्षण कार्यलाई गुणस्तरीय बनाउन संचालित तीन दिने तालिम समापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here