
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा संचालन गरिएको स्टिम एजुकेशन सम्बन्धि तीन दिने तालिम सकिएको छ । शैक्षिक क्षेत्रलाई नमूना बनाउने उद्देश्यका साथ गत मंगलबारदेखि उक्त तालिम संचालन गरिएको थियो ।
पालिकाको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा सिकाई परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको थियो ।
समापनमा बोल्दै गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले तालिमले सिकाउने कुराहरु इमान्दारिताका साथ पुर्णरुपमा लागु हुने भए शैक्षिक सिकाईमा बृद्धि हुने बताउनुभयो । उहाँले जसले आफुमा भएको ज्ञान र सीपलाई आवश्यक स्थानमा प्रयोगमा ल्याउँछ त्यसले काम गर्ने ठाउँ पनि नमूना हुन्छ भने व्यक्तिलाई बिशेष रुपमा चिनाउन मद्दत पुग्ने बताउनुभयो ।
स्याक नेपालका कार्यबाहक अध्यक्ष कृष्ण गिरीको अध्यक्षमा समापन गरिएको हो । २०२३ मा परियोजनाले ५ वटा बिद्यालयमा सिकाई परियोजना संचालन गरेको छ । इन्टिग्रेटरुपमा रहेको पाठ्यक्रमलाई स्टिमसंग जोडी यसको कार्यान्वयनका लागि पहल पनि गरिएको छ ।
खजुराको शैक्षिक गुणस्तरका लागि निरन्तर कार्यक्रमहरु संचालन गरिएको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो । काठमाण्डौ बिश्वबिद्यालयका प्रोफेसर इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्नुभएको तालिममा खजुराका ८ वटा बिद्यालयका २४ जनाको सहभागिता रहेको छ ।








