अपडेट : पहिरोले पुरिंदा अछाममा ८ जनाको मृत्यु, १० जना बेपत्ता

file photo

धनगढी । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो ।

उहााका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ । ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताउनुभयो ।

उहाँका अनुसार तीन जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ । यसअघि तुर्माखाद गाउँपालिका-५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।

Previous articleधनगढीले आजदेखि लगायो सुर्ती र प्लास्टिकमा प्रतिबन्ध
Next articleठुलाे मात्राकाे ब्राउन सुगरसहित काेहलपुरका एक दम्पतीसंगै तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here