भौतिक पूर्वाधार बिकास कार्यालय, बाँकेका इन्जिनियर घुससहित पक्राउ

बाँके । भौतिक पूर्वाधार बिकास कार्यालय, बाँकेका सिनियर इन्जिनियर पाँच लाख ३० हजार घुससहित पक्राउ परेका छन् ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार घुससहित सिनियर इन्जिनियर मनिषकुमार अर्याललाई नियन्त्रणमा लिएको हो ।

बुटवलस्थि अख्तियार कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा ६६-१-०७६१ नम्बरको गाडीसहित इन्जिनियर अर्याललाई नियन्त्रणमा लिइएको हो ।

अख्तियारको टोलीले इन्जिनियर अर्याललाई बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रकम लिएर बाहिर निस्कने क्रममा नियन्त्रणमा लिएको जानकारी गराइएको छ ।

Previous articleबाँकेमा हजार जनालाई कोरोना संक्रमण
Next articleबाँकेमा पहिलो पटक संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here