जाजरकोटमा जीप दुर्घटना हुदाँ ६ जना घाइते

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका २ साल्मामा जीप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । सुर्खेत-दैलेख हुँदै जाजरकोट आउन लागेको कर्णाली प्रदेश ००१ च ०३४४ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ ६ जना घाइते भएको स्थानीय तिलक खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्यपहाडी लोकमार्ग हुँदै आएको जीप छेडागाड नगरपालिका २ को वडा कार्यालय नजिक दुर्घटनामा परेको हो । जीपमा सवार चालकसहित ६ जना घाइते भएका छन् ।

घाइतेहरु मध्येतीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उपचारका लागि नगरपालिकाको एम्बुलेन्स मार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको छ । जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

Previous articleखजुरामा संचालित शिक्षामा लैंङ्गिक रुपान्तरण सम्बन्धी तीन दिने तालिम सम्पन्न
Next articleमहेन्द्र पुस्तकालय अब १० बजे खुल्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here