महेन्द्र पुस्तकालय अब १० बजे खुल्ने

नेपालगञ्ज । नेपालगञ्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयमा अब लयमा फर्किने संकेत देखिएको छ ।

भदौ २८ गते सम्पन्न १७ अधिवेशनबाट पुस्तकालयमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै पुस्तकालयले लय समातेको छ । अब असोज ४ गते मंगलबारबाट पुस्तकालय बिहान १० बजे खुल्ने भएको छ ।

नवनिर्वाचित कार्यसमितिले पुस्तकालय सन्चालनका लागि एकजना कर्मचारी ६ महिनाका लागि करारमा नियुक्त गरेर तत्कालका लागि लेखा तथा प्रशासनको काम सुचारु गर्ने निर्णय गरेको हो ।

ती कर्मचारीलाई मंगलबारदेखि बिहान १० बजे पुस्तकालय खोल्न निर्देशन दिइएको छ भने पुस्तकालयमा आउने आगन्तुकहरुलाई स्वागत गर्ने, रेकर्ड राख्ने, केही दिनमै पुस्तक पढ्न चाहनेहरुलाई सो सुविधा उपलब्ध गराउने जिम्मा दिइएको छ ।

पुस्तकालयका क्रियाकलापलाई थप बढाएर लैजान कार्यसमितिले काम सुरु गरेको पुस्तकालयका अध्यक्ष बलराम यादवले बताउनुभयो । पुस्तकालयमा नेपालगन्ज उपमहानगरपालिकासँग मिलेर कात्तिक २ र ३ गते नेपाल भारत मैत्री कवि सम्मेलन गर्ने निर्णय पनि कार्यसमितिले निर्णय गरेको छ ।

Previous articleजाजरकोटमा जीप दुर्घटना हुदाँ ६ जना घाइते
Next articleअरुलाई हिरो बनाउने पर्दा पछाडीका हिरो चुनावी मैदानमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here