यसपाली नेपालगञ्जमा रामलीला हुँदै

फाइल तस्बिर

नेपालगञज । बडा दशैंको अवसर पारेर नेपालगञ्जमा रामलीला मञ्चन हुने भएको छ । नेपालगञ्ज–१३ बाँकेगाउँ रामलीला मैदानमा सोमबार साँझदेखि रामलीला मञ्चन हुन लागेको हो ।

एक सय ५२ औं वर्षदेखि नेपालगन्जमा रामलीला मन्चन हुँदै आए पनि विगत दुई वर्ष यता कोरोनाकाकारण रामलीला मञ्चन हुन सकीरहेको थिएन तथापी अन्य धार्मीक अनुष्ठान लगायतका कार्यक्रम भने जारी नै राखीएको थियो ।

रामलीला शुरु भएको एक सय ५५ वर्ष पुरा हुँदैछ । रामलीलाको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले समुदघाटन गर्नु हुने भएको छ ।

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिन सम्म राति ७ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डल नेपालगञ्ज आइपुगेको छ । मण्डल सञ्चालक श्री राधारमण शर्मा नेतृत्वको २१ कलाकार टोलीले भगबान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गर्ने छ ।

रामलीलाको मन्चन राज्याभिषेक अर्थात् विजयादशीको राति सम्म चल्ने आयोजकले जनाएको छ । रामलीला मञ्चनका लागि मञ्च व्यवस्थापन लगायत सबै तयारी पुरा भइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडीयाले जानकारी दिनु भयो ।

रामलीला मंचन अवलोकनका लागि सपरिवार उपस्थित भईदिन हुन पनि अध्यक्ष कनोडीयाले सवैमा हार्दिक अनुरोध गर्नुभएको छ ।

Previous article‘प्रेमगीत-३’ ले भारतमा कति कमायो ?
Next articleई-पालिकाको पहिलो भर्जन सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here