
नेपालगञ्ज । बाँकेको जानकी गाउँपलिकाले प्रदान गर्ने सबै प्रकारको आर्थिक सहायता आइतबारबाट बन्द गरेको छ ।
जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले आइतबार एक सूचना जारी गर्दै पालिकाबाट दिने सबै प्रकारको आर्थिक सहायता बन्द भएको जनाइएको छ ।
अगामी मंसिर ४ गते हुने संघीय सांसद तथा प्रदेश सभा निर्वाचनका लागि आचार संहिता लागू भइसकेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि पालिबाट हुने सबै प्रकारको आर्थिक सहायता बन्द गरिएको जारी सूचनामा उल्लेख छ ।





