
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका पाँच बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
सिकाई परियोजना संचालित खजुराका पाँच बिद्यालयका प्रारम्भिक बाल बिकासदेखि तीन कक्षामा अध्ययन गर्ने ५० बालबालिकालाई शैक्षिक सहयोगी सामाग्री बितरण गरिएको हो ।
बालबालिकालाई अध्ययनमा सहयोग हुने र गुणस्तरीय सिकाईमा प्रभावकारी हुने सामामग्री बितरण गरिएको जनाइएको छ । प्रत्येक बिद्यालयमा अध्ययनरत दश बालबालिकालाई किताब, बक्स र दुई वटा चार्ट बितरण गरिएको छ ।
खजुरा गाउँपालिकाको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा सिकाई परियोजना संचालित छ ।
परियोजनाले बिद्यालयको शैक्षिक गुणस्तरलाई माथि उकास्न आवश्यक पर्ने सीप, क्षमता, तालिम, अभिमुखिकरण, शैक्षिक तथा सूचना प्रबिधिका सामाग्री जस्ता कुरामा सहयोग गरेको छ ।
खजुराका जनसेवा माबि, भानु माबि, जनकल्याण माबि, ज्ञानोदय नमूना माबि र आदर्श आधारभूत बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।





