जानकीका आलेप उपाध्यायको सरुवा

मानपुर । बाँकेको जानकी गाउँपालिकामा कार्यरत आ.ले.प. कुमार उपाध्यायलाई बिदाई तथा सम्मान गरिएको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले अनौपचारिक कार्यक्रमबीच उपाध्यायलाई खादा लगाएर बिदाई तथा सम्मान गर्नुभएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकी गाउँपालिकामा कार्यरत आ.ले.प.उपाध्यायलाई नुवाकोटस्थित पन्चकन्या गाउँपालिकामा सरुवा गरेको छ ।

आ.ले.प.उपाध्यायले २ वर्ष ६ महिना सेवा गरेपछि बुधबार रमाना बुझ्नुभएको छ । उहाँ शालिन स्वभाव र नेतृत्वदायी क्षमता भएका इमानदार कर्मचारी भएको बताइन्छ ।

बिदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, लेखा अधिकृत (सातौंं मतीन अन्सारी, लेखापाल दिपक के.सी, स्वास्थ्य प्रमुख दल बहादुर राना, शिक्षा अधिकृत कृष्णा कुमारी भण्डारी, प्राविधिक सहायक झुमी ओली, कार्यपालिका सदस्यहरु, गापा.अध्यक्षको परामर्शदाता सोहराब दर्जी तथा विभिन्न शाखाका कर्मचारी लगायतले उपस्थिति रहेको थियो ।

Previous articleखजुराका ५० बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
Next articleनरैनापुरमा दशैँको शुभकामना आदान प्रदान कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here