उपमहानगरपालिकाको रक्तदानमा ३८ जना सहभागि

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले सहभागिता जनाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा गरिएको सो कार्यक्रममा ३८ जनाले रक्तदान गरेका हुन ।

उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाहको उपस्थितिमा शुरु भएको रक्तदान कार्यक्रममा संचारकर्मी, कर्मचारी लगायतले रक्तदान गरेका छन् ।

उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतका अनुसार पछिल्लो समय रक्तसंचार केन्द्रमा रगतको अभाव बढेको साथै रक्तदान गर्नुपर्छ भन्ने कर्मचारीलाई प्रेरित गर्न कार्यक्रम गरिएको हो ।

Previous articleनेपालगञ्जले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने
Next articleसंभावित जोखिम न्युनिकरणका लागि किशोरीहरुलाई अभिमुखीकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here