बर्दियामा भ्यानको ठक्करबाट एकको मृत्यु

बारबर्दिया । बर्दियामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका-९ बनगाईस्थित सडकमा भे१ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका-४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Previous articleनेपालका ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा
Next articleबाँकेस्थित राप्ती नदीमा पानीको सतह खतरा तह पार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here