
सिधनिया । विजया दशमीको पहिलो दिन अर्थात घटनस्थापनादेखि पुजाआजाका लागि राखिएका दुर्गा भगवतीका मूर्ति आज विसर्जन गरिएको छ ।
जिल्लाभरका विभिन्न ठाउँमा राखिएका दुर्गा भगवतीको मूर्ति ९ दिनसम्म पुजा आराधना गरी आज धुमधामका साथ विसर्जन गरिएको छ ।
मंगलबारदेखि शुरु भएको वर्षाका कारण दशै तथा बिसर्जन केही प्रभावित भएको भएपनि अन्ततः बिहीबार डुडुवा गाउँपालिकास्थित सिधनिया घाटमा दुर्गा मुर्ति बिसर्जन गरिएको हो ।
बिसर्जन कार्यलाई सहज र व्यवस्थित बनाउन सिधनिया जाने बाटोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेका थिए ।









