बाँकेमा जसपा र एमालेबीच भएन सहमति

शिवराज साहू, नेपालगन्ज । बाँके जिल्ला बाहेक जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले बीच तालमेलको सहमति भएको छ ।

यो चुनावी तालमेल सहमति लुम्बिनी प्रदेशको ३ वटा जिल्लामा मात्र भएको हाे ।

लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु गरी ३ जिल्लाहरुमा सहमति भएको छ ।

यसअनुसार नवलपरासी पश्चिम जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. १ र २ तथा प्रदेशसभा क्षेत्र नं. १ (क), १(ख), २ (क) यसै गरि रुपन्देही जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. १,२ र ३ प्रदेशसभा क्षेत्र नं. १ (क), १(ख), २ (क), २ (ख), ३ (ख), ४ (क), ५ (क) र ५ (ख) र यसै गरी कपिलवस्तु जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. १,२ र ३ तथा प्रदेशसभा क्षेत्र नं. १ (क), २ (क), २ (ख), ३ (क) जसपाले तालमेल सहमतिबाट सिट पाउने भएको छ ।

एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले तालमेल सहमति पत्रमा हस्ताक्षर गरी फोटो समाजिक संजाल मार्फत शेयर गर्नुभएकाे छ ।

Previous articleयस वर्षको नोबेल शान्ति पुरस्कार ?
Next articleजिल्ला बिपद् व्यवस्थापन समिति बाँकेले गर्याे विभिन्न ११ निर्णय ! (निर्णयसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here