
नेपालगन्ज । चार दिनदेखि लगातार परेको बर्षाले जिल्लामा पारेको प्रभाव र क्षतिका बारेमा जिल्लास्तरीय बैठक बसेर विभिन्न निर्णय गरिएको छ ।
लगातारको पानीका कारण बाँकेमा आएकाे बाढीले धेरै स्थानहरूमा क्षति तथा नाेक्सान गरेपछि शनिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीकाे अध्यक्षतमा जिल्ला विपद व्यवस्थापन समिति बाँकेकाे बैठक बसेर बिभिन्न ११ बुँदे निर्णय गरिएको हाे ।
बैठकले गरेका निर्णयहरू :
२. अविरल वर्षाले राप्ती नदिको बहाव कुसुमस्थित जलमापन केन्द्रमा अहिले सम्मकै उच्च ९.२ मिटर पुगेको र त्यहाँस्थित मापन यन्त्रमा समेत क्षति पुगेकाले तत्कालै मर्मत गरि सचालनमा ल्याउन सम्वन्धित निकायलाई निर्देशन दिने ।
३. अविरल वर्षाले हुनसक्ने क्षति आकलन गरि तल्लो तटिय क्षेत्रका समुदायलाई सुरक्षित स्थानमा सारिएकोले हालसम्म मानविय क्षति हुन नपाएको । यस कार्यमा सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिने र समुदायलाई थप सुरक्षित गर्न स्थानीय तहको समन्वयमा खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी वनाउदै निरन्तरता दिने ।
बर्षाले पुर्याएको क्षतिको विवरण संकलनकालागि स्थानिय तहको अगुवाईमा रेडक्रस, नेपाल प्रहरीलाई प्रारम्भिक द्रुत लेखाजोखा (IRA) गर्न निर्देशन दिने ।
५. समुदायमा भएको क्षतिको आधारमा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख भएका सवै विषयगत क्षेत्रलाई सकृय बनाउने र तत्कालै प्रतिकार्यमा जुट्न निर्देशन दिने ।
६. बाढी तथा डुवानबाट प्रभावित भएका तथा सुरक्षित आश्रयस्थलमा रहेका प्रभावितहरुलाई स्थानीय तहबाटै सुख्खा खाना तथा तत्कालै उपलब्ध गराउनुपर्ने राहत व्यवस्थापन मिलाउने ।
७. बाढी तथा डुवानबाट प्रभावितहरुका लागि राहत सहयोग उपलब्ध गराउन राष्ट्रिय तथा अन्तराष्ट्रिय सघसस्था, संयुक्त राष्ट्रसंघिय निकाय, गैसस महासंघ, रेडक्रस, उद्योग बाणिज्य महासंघलगायतका मानविय सहायतामा काम गर्ने निकायलाई अनुरोध गर्ने । सहयोग प्रदान गर्दा जिल्ला विपद् व्यवस्थापन समितिसंग समन्वय गरी स्थानिय पालिकामार्फत उपलब्ध गराउने । नेपाल रेडक्रस सोसाइटी बाँकेले विश्व खाद्य कार्यक्रमको सहयोगमा डुडुवा र नरैनापुरमा संचालन भैरहेको पूवार्नुमानमा आधारित सहायता कार्यक्रमबाट प्रभावित क्षेत्रमा नगद सहयोगका लागि स्थानिय पालिकासंग समन्वय गरी वितरण प्रकृया अगाडी बढाएको बारे बैठकमा गराइ अनुमोदन भयो ।
९. बाढी तथा डुवानबाट भएको भौतिक क्षति तथा आपतकालिन सेवाहरुलाई अवरुद्द हुन नदिन तथा सेवा नियमित राख्न सम्वन्धित सबै सरोकारवाला निकायलाई अनुरोध गर्ने ।
१०. राप्ती नदि तथा डुडुवा नालामा भएको कटान तथा हुनसक्ने थप क्षतिको आकलन गरी तत्कालै सोको रोकथाम तथा नियन्त्रणकालागि आवश्यक कार्य गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने ।
११. बाढी तथा डुवानबाट प्रभावितहरुको प्रभावकारी खोज तथा उद्दार, राहत कार्यमा आवश्य सहयोगका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।





