जयसपुरका २४ वर्षीय युवा ५० ग्राम ब्राउन सुगरसहित जमुनाहाबाट पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलाे मात्राकाे लागु औषध (ब्राउन सुगर) सहित नेपाल भारत सीमा नाका जमुनाहाबाट एक युवालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार (२२) गते नेपालगन्ज उपमहानगरपालिका वडा न-१५ जमुनाहाबाट जयसपुर बस्ने बर्ष २४ को मेराज अन्सारी ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

जमुनाहास्थित प्रहरी चेक पोईन्टमा ईलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीलेले अन्सारीलाई चेक जाँच गर्ने क्रममा ५० ग्राम ब्राउन सुगर फेला परेकाे हाे ।

भारतबाट नेपालतर्फ आउँदै गरेको up40k2680 नंम्बरकाे मोटरसाईकलमा सवार नेपालगंज-१६ जयसपुरका २४ वर्षीय अन्सारीले लगाएको हाफ पाईन्टको खल्तिमा उक्त ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेकाे प्रहरीले जनाएको छ । अन्सारीबारे थप आवश्यक अनुसन्धान अघि बढाईएको छ ।

Previous articleजिल्ला बिपद् व्यवस्थापन समिति बाँकेले गर्याे विभिन्न ११ निर्णय ! (निर्णयसहित)
Next article११ ग्राम ब्राउन सुगरसहित थप दुई युवा जमुनाहाबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here