ढुंगा खस्दा चौलागाईको घरमा क्षति

नेपालगञ्ज । कालीकोटमा १३ जना मलामीको ज्यान गएको घटनाको पीडा नसेलाउँदै खाडाचक्र-८ ऐछेनास्थित एक घर पहिरोका कारण पूर्ण रुपमा पुरिएको छ ।

लगातार पानी परिरहेकै बेला सोमबार अपरान्ह ४ वजे माथिबाट ठुलो ढुंगा खस्दा सरोज चौलागाइको दुई तले ढुंगाको घर पुरिएको हो ।

गोठसहितको सो घर पुरिएपछि १५ वटा खसी, बाख्रा, ६ वटा गाई, गोरु र १० बोरा धानसहितको सम्पूर्ण सर सामान पुरिएको छ ।

पानी परिरहेका बेला चार जनाको परिवार घर भित्रै रहेपनि घरको माथिल्लो भागमा रहेको विशाल ढुंगा खस्न लाग्दा धुुवा आएपछि छिमेकीले देखेर आवाज दिएका थिए ।

ढुंगा खस्नै लाग्दा २३ वर्षीय चौलागाईले दुई बच्चासहित परिवारलाई बाहिर तानेर सुरक्षित राखेको स्थानीयलाई उदृत गर्दै समाजसेवी एवं यूवा नेता किरण चौलागाईले जानकारी दिनुभयो ।

घर भत्किएपछि उनीहरु अहिले आफन्तको शरणमा छन् । पहिरो आउने क्रम जारी रहेकाले सो क्षेत्र अहिले पनि जोखीमपूर्ण रहेको चौलागाईले बताउनुभयो ।

Previous articleआश्रय स्थलमा बसेका बाढी प्रभावितलाई बी-ग्रुपद्धारा खाद्यान्न सहयोग
Next article४३ करोड रूपैयाँको घडीसहित बिमानस्थलबाट एक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here