
नेपालगन्ज । भगवान रामको जन्मभूमि अयोध्याबाट शुरु गरिएको रामराज्य रथयात्रा भोली (बिहीबार) नेपालगंज आईपुग्ने भएकाे छ ।
भारतको अयोध्याबाट शुरू गरिएको सो यात्रा पन्ध्र हजार किलोमिटरको भारतको २७ राज्य हुँदै नेपालको जनकपुर भएर भाेलि (बिहीबार) नेपालगन्ज आउने भएकाे हो ।
भारतको बैंगलोरका जगतगुरु स्वामी सत्यनन्द सरस्वतीको नेतृत्वमा बिभिन्न ठाउँको परिक्रमा गर्दै नेपालगंज हुँदै महाकाली गड्डाचौकी भएर अयोध्या पुगि समापन हुने छ ।
भोली (बिहीबार) सो यात्राको आगमनको स्वागत मानिकपुरको कोठारपुरमा रहेको शनिदेव मंदिरमा गर्ने पूर्ब मन्त्री सर्वदेव ओझाले जानकारी दिनुभयाे ।
रथयात्राले नेपालगंज सहरको परिक्रमा गर्ने र बागेश्वरी मन्दिरमा बिशेष कार्यक्रम गरि हनुमन्त गौशाला प्रांगणमा राती विश्रामपछि शुक्रवारका नेपालगन्जबाट निस्कने छ ।
शुक्रबार नै टीकापुरमा रात्री विश्राम गर्ने र टीकापुरबाटट अतरिया, महेन्द्रनगर, गड्डाचौकी हुँदै टनकपुर भएर भारतको उत्तराखंड प्रवेश गर्ने कार्यक्रम तय भएकाे आयोजकले जनाएकाे छ ।





