
नेपालगन्ज । एक साताको निरन्तर अबिरल बर्षाका कारण कालिकोटको पलाँता गाउँपालिकाका विभिन्न ठाउँहरूमा बाढी पहिरोका कारण धैरै ठाउँमा क्षति पुगेकाे छ ।
पानीकाे नदीहरुको बहाव बढेर खेतियोग्य जमिन भासिनुका कारण जिल्लाको पलाँता गाउँपालिका वडा नं ७ भेरा गडवाली हुँदै दुर्षि खोला बग्ने बिरीगाड खोलामा बाढी आँउदा दुर्षी आसपासको बस्तीसंगै वडा कार्यालय समेत बगाएको छ ।
दुर्षिमा रहेको वडा कार्यालय, करन बिष्टको घर, नक्क बमको घर लगाएतका घरहरु बगाएको छ । बाढी आउँदा मानविय क्षति नभएपनि घरमा र कार्यालयमा रहेको सम्पुर्ण जिन्सि तथा नगद सवै बाढीले बगाउँदा स्थानीयबासीहरु लोडे जिउलामा ओत लागेर बसेका छन् ।
दुर्षिमा रहेको दुर्षीलघु जलबिधुत्त आयोजनाको मुल र नहर समेत बगाएको छ । नदिको बहाव बढेपछि वडा नं ७ कै चौकी-ओढार भन्ने ठाउँमा रहेको जन्म जैसीको जग्गा पनि भासिएकाे छ ।
घर माथिबाट आएको पहिरोको कारण उक्त वडाको फागोटी, पारौटी र गड्वालीका धेरै घर भत्केकाे स्थानीय नर प्रसाद जैशीे जानकारी दिनुभयो ।





