भेरीको परीक्षणबाट बिहीबार ४७ जनामा कोरोना पुष्टि

बाँके । भेरी अस्पताल नेपालगञ्जमा भएको पछिल्लो परीक्षणबाट बिहीबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोे २४ घण्टामा भएको ४०३ जनाको स्वाब परीक्षणमा ४७ जनामा कोरोना देखिएको हो ।

परीक्षण नतिजा अनुसार नेपालगञ्जका २० जनामा कोरोना संक्रमण भेटिएको छ । त्यस्तै कोहलपुर नगरपालिकाका १९ जनामा कोरोना देखिएको छ भने बर्दियाको गुलरिया नगरपालिकाका ४ जना, मधुवनका ३ जना र बाँसगढीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

परीक्षण पुष्टि हुनेहरुमा १३ जना महिला छन् । बाँकेमा पछिल्लो समय कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ ।

Previous articleभरुवा बन्दुकसहित बाँकेमा एक शिकारी पक्राउ
Next articleभेरी अस्पतालमा अब २२ सय रुपैयाँमा कोरोना परीक्षण !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here