
नेपालगञ्ज । बैदैशिक यात्राका क्रममा दुर्घटनामा परेकालाई आर्थिक सहयोग गरिने भएको छ । श्रम स्वीकृती लिएर बैदेशिक रोजगारमा गएको अवस्थामा दुर्घटनामा परेका कामदारलाई आर्थिक सहयोग लिन जानकी गाउँपालिका बाँकेले पत्राचार गरेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अहमद अन्सारीले बिहीबार एक सूचना जारी गर्दै बैदेशिक यात्राका क्रममा दुर्घटनामा परेका कामदारलाई आर्थिक सहायता लिनका लागि निवेदन पेश गर्न आग्रह गरेको छ ।
‘श्रम स्वीकृती लिएर बैदेशिक रोजगारमा गएका कामदारको करार अवधी समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भिर बिरामी भएको भए घट्ना घटेको मितिले एक वर्षभित्र आर्थिक सहायताका लागि निवेदन पेश गर्न’ बिज्ञप्तिमा उल्लेख छ ।
बैदेशिक रोजगार बोर्डबाट नियमानुसारको आर्थिक सहायता वा क्षतिपूर्तिको लागि बैदेशिक रोजगार नियमावली २०६४ (पाँचौ संसोधन) मा व्यवस्था भए बमोजिम जानकी गाउँपालिकाको रोजगार सेवा केन्द्रमार्फत निवेदन दिने अनुरोध गरिएको निमित्त प्रशासकीय अधिकृत अन्सारीले जानकारी दिनुभयो ।





