लागू औषध मुद्दामा फरार खजुराका नाउँ पक्राउ

नेपालगञ्ज । लागू औषध मुद्दामा फरार बाँकेको खजुरा गाउँपालिका वडा नं-७ तिवादी सतगुरु भन्ने प्रबित कुमार नाउँ पक्राउ परेका छन् ।

खजुरा गाउँपालिका वडा नं-७ गुनाना बस्ने ४२ वर्षीय नाउँलाई इलाका प्रहरी कार्यालय धनौली खजुराले बिहीबार पक्राउ गरेको हो ।

लागू औषध (ब्राउन सुगर) मुद्दामा जिल्ला अदालत बाँकले २०७४ मंसिर २७ गते दुई वर्ष कैद फैला गरेको थियो । मुद्दा उल्टिँदा उच्च अदालत तुलसीपुर नेपालगञ्जले पुन : २०७६ जेष्ठ २१ गते फारर नाँउलाई पाँच वर्ष छ महिना कैद र ३०००० जरिवाना फैसला भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म फरार नाउँलाई २६ गते पक्राउ गरि बाँके जिल्ला अदालतले पठाइएको छ ।

Previous articleबाँकेमा बाढी प्रभावितलाई राहत वितण शुरू
Next articleबैदेशिक यात्राका क्रममा दुर्घटनामा परेकालाई निवेदन पेश गर्न अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here