भेरी अस्पतालमा अब २२ सय रुपैयाँमा कोरोना परीक्षण !

बाँके । भेरी अस्पताल नेपालगञ्जमा अब २ हजार २ सय रूपैयाँ शुल्क तिरेर पिसिआर परीक्षण गराउन सकिने भएको छ ।

भेरी अस्पतालमा संचालित पिसिआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पिसिआरको स्वीकृति पाएसंगै अब आम सर्वसाधारणले कम शुल्कमा पिसिआर परीक्षण गराउन सकिने भएको हो ।

अस्पताल समितिको बिहीबार बसेको बैठकले पिसिआर परीक्षण शुल्क निर्धारण गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्ध्यक्ष प्रमोद धितालले बिहीबारको बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारदेखि चाहेको व्यक्तिले कोरोना परिक्षण गराउन सकिने छ ।

Previous articleभेरीको परीक्षणबाट बिहीबार ४७ जनामा कोरोना पुष्टि
Next articleझ्याप्प आउने जाने बिद्युत नियमित बनाउन उपभोक्ताको ज्ञापनपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here