कर्णालीमा बाढी पहिरोबाट साढे १० हजार नागरिक घरबारविहीन

सुर्खेत । कर्णाली प्रदेशमा बाढीपहिरोबाट १० हजार ७ सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा ५ हजार २ सय ८२ जना घरबारविहीन भएका छन् ।

त्यस्तै, कालीकोटमा १ हजार ७ सय ६३, जुम्लामा १ हजार ७ सय २५, सल्यानमा ६ सय ३९, सुर्खेतमा ५ सय ६६, हुम्लामा ४ सय ७४, दैलेखमा २ सय ७, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुमपश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णालीमा १ हजार ७ सय २० घरधुरी विस्थापित भएका छन् । त्यसमा मुगुमा ७ सय २३, जुम्लामा ३ सय ६८, कालीकोटमा २ सय ३५, सुर्खेतमा १ सय ३९, सल्यानमा १ सय २७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुमपश्चिममा चार/चार तथा जाजरकोटमा तीन घरधुरी विस्थापित भए ।

असोज १९ गतेदेखिको वर्षाले कर्णाली राजमार्ग, कर्णाली करिडोरसहित सडकमा ठूलो क्षति भएको छ ।

सरकारले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालीकोटलाई विपद् प्रभावित र पालिकाको भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित र सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

Previous articleराष्ट्रिय खेलकुदमा ३६ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा
Next articleरुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ को मृत्यु, दर्जनबढी घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here