रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ को मृत्यु, दर्जनबढी घाइते

एजेन्सी । रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् ।

युक्रेनमा युद्धको मञ्चका रूपमा काम गर्ने रुसको बेल्गोरोड क्षेत्रमा रहेको सैन्य तालिम केन्द्रमा हिजो गोली चलेको सरकारी समाचार एजेन्सी रियाले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको हुनसक्ने जनाएको छ । रुसले गएको फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । त्यसैक्रममा रुसले युक्रेनसँग लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिँदै आएको छ ।

Previous articleकर्णालीमा बाढी पहिरोबाट साढे १० हजार नागरिक घरबारविहीन
Next articleस्व.महावीर प्रसादको सम्झना, हिन्दी साहित्य पुरस्कार पाण्डेलाई प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here