झ्याप्प आउने जाने बिद्युत नियमित बनाउन उपभोक्ताको ज्ञापनपत्र

बाँके । बिद्युत आपुर्ति नियमित बनाउन बिहीबार उपभोक्ताहरुले ज्ञापनपत्र बुझाएका छन् । पछिल्लो केही समय यता नेपालगञ्जमा बिद्युत आपुर्ति झ्याप्प आउने जाने भइरहेको भन्दै नियमित बनाउन माग गरिएको हो ।

उपभोक्ता तथा अधिवक्ताद्धय बिश्वजित तिवारी, लोक बहादुर शाह, उपभोक्ता मोहम्मद रफि इराकी, अनुराग गुभाज र रमेशचन्द्र गुप्ताले बितरण केन्द्र प्रमुख लाखन लाला मलिकलाई बुझाइएको ज्ञापनपत्रमा सुधार गर्नुपर्ने कुराहरुलाई ७ वटा बुँदामा राखिएको छ ।

पहिलो बुँदामा अनियमित बिद्युत कटौती नियमित गर्नुपर्ने, सूचनाको हक अनुसार तत्काल सूचना अधिकारी तोक्नुपर्ने, उपभोक्ताको सुबिधाका लागि टोल फ्रि नम्बर व्यवस्थापन गर्नुपर्ने, अदालतले बन्दाबन्दीलाई शून्य समय मानेको हुँदा सो समय अवधीको जरिवाना नलाग्ने व्यवस्था गर्नुपर्ने, पटक–पटक बिद्युत कटौतीले गर्दा मिटरमा बढि शुल्क आउने र ग्रहकका बिद्युतिय सर–सामानहरु बिग्रने बढि सम्भावना रहेको हुँदा सोको क्षतिपुर्तिको व्यवस्थापन गर्नुपर्ने, मिटर रिडिङ्ग बिल नेपाली भाषा र अंग्रेजी भाषा उपलब्ध गराउनुपर्ने, मिटर रिडिङ्ग तोकिएको समयमा ग्रहकलाई उपलब्ध हुनुपर्ने र बिद्युत कटौतीको सूचना सामाजिक संजालमार्फत अबिलम्ब जानकारी गराउन हुन अनुरोध गरिएको छ ।

Previous articleभेरी अस्पतालमा अब २२ सय रुपैयाँमा कोरोना परीक्षण !
Next articleप्रदेश ५ को रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here