बर्दियाको फुटाहामा लागू औषध र नगदसहित एकजना पक्राउ

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं-२ स्थित फुटाहामा लागू औषध र नगद रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं-११ बस्ने १८ वर्षीय मोहमद अर्मानलाई लागू औषधसहित मंगलबार साँझ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीले जानकारी दिनुभयो ।

अर्मानलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा प्रक्राउ गरिएको हो । फुटाहास्थित चेक पोष्टमा चेक गर्ने क्रममा अर्मानले टाउकोमाथि लगाएको टोपीभित्र लागू औषध र केही नगद रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

टोपीभित्र कालो प्लाष्टिकको १ वटा पुरियामा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ प्लाष्टिक सहित ६ ग्राम ४४० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध तौल ५ ग्राम ८०० मिलिग्राम, ट्रामाडोल ५ ट्याबलेट र नगद रु ७ हजार ५ सय लुकाएका थिए ।

प्रक्राउ परेका अर्मानको विषयमा थप अनुसन्धान कार्य शुरु गरिएको छ ।

Previous articleजनमतको आयोजनामा ५६ जनाद्वारा रक्तदान
Next articleजलवायु परिवर्तनका कारण विश्वका एक अर्ब बालबालिका उच्च जोखिममा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here