जनमतको आयोजनामा ५६ जनाद्वारा रक्तदान

नेपालगन्ज । जनमत अद्र्ध साप्ताहिक, नेपालगन्जको आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ५ महिला सहित ५६ जनाले रक्तदान गरेका छन् ।

कार्तिक १ गते मंगलवार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, नेपाली सेना, शसस्त्र, विद्यार्थी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।

नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्ष मन बहादुर केसी (निशान) खत्री र जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल थापा मगरलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।

जनमतको रजत वर्ष-२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’को ५४ औं श्रृङ्खला सम्पन्न गरिसकेको छ ।

कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार ५६ जनाले रक्तदान गर्नु भएको छ । ५४ औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्टसम्म स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।

स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुन सक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना पनि कम हुन्छ ।

त्यसैगरी रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साताभित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

Previous articleविश्वकै सुन्दर महिलाको सूचीमा दीपिका पादुकोण
Next articleबर्दियाको फुटाहामा लागू औषध र नगदसहित एकजना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here