प्रदेश ५ को रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका संक्रमितको मृत्यु भएको हो ।

‘होम आइसोलेसन’मा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो ।

मिर्गौलाले काम नगरेपछि चितवनमा ‘डायलायसिस’ गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ ।

यस्तै, बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत् सिद्धार्थनगर– ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना ‘पोजिटिभ रिपोर्ट’ आएको थियो ।

उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि, बिहान बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

Previous articleझ्याप्प आउने जाने बिद्युत नियमित बनाउन उपभोक्ताको ज्ञापनपत्र
Next articleजिल्ला प्रहरी कार्यालय कोरोना हटस्पट, तीन दिनमा २५ जनामा संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here